अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजगढ नगरपालिकामा एमालेका प्रमुख, उपप्रमुख विजयी

निजगढ नगरपालिकामा एमालेका प्रमुख, उपप्रमुख विजयी


बारा – बाराको निजगढ नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले आठ हजार ८२३ मत प्राप्त  गर्नुभयो ।

त्यस्तै उपप्रमुखमा एमालेकै सोममया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले आठ हजार ५१८ मत मात्र प्राप्त गर्नुभयो ।