गौर- रौतहटको गौर नगरपालिकामा नेकपा एसका शम्भू साह मेयर पदमा निर्वाचित हुनुभएको छ । साहले ६ हजार ३ सय ८१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिवन्दी अजय कुमार गुप्ताले ३ हजार ७ सय ५५ मत ल्याउनु भएको थियो । साह यस अघिको निर्वाचनमा नेकपा एमालेबाट मेयर पदमा उम्मेद्वार भएर पराजित हुनुभएको थियो ।





प्रतिक्रिया