अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीको राजगढको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

सप्तरीको राजगढको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी


राजविराज – सप्तरीको राजगढ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका ओमप्रकास मण्डल र उपाध्यक्षमा जनता समाजवादी पार्टीका रेणुदेवी मण्डल निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित मण्डलले ४ हजार १४९ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादबले ३ हजार ८०७ मत प्राप्त गर्नु भएको छ ।

यसअघि यो पालिकामा अध्यक्ष र उपाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका थिए । निवर्तमान अध्यक्ष समेत रहेका कांग्रेस उम्मेदवार परमानन्द यादव यसपटक भने तेश्रो हुनु भयो । उहाँले २ हजार ८९३ मत पाउनु भएको छ ।

उपाध्यक्षमा जसपाकी मण्डलले ३ हजार ८३० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेकी रेखाकुमारी यादबले ३ हजार ७०७ मत प्राप्त गर्नु भएको छ ।