तनहुँ – स्थानीय तह निर्वाचनअन्तर्गत बुधबारसम्म तनहुँका आठ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका आठ पालिकाअध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्रले एक पालिका जितेका छन् । भानु नगरपालिकाको मतगणना जारी छ भने व्यासको केही बेरमा सुरु हुँदैछ ।
एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ ।
नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष, बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष, शुक्लागण्डकीको प्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, देवघाट गाउँपालिकाको उपाध्यक्ष र शुक्लागण्डकीको उपप्रमुख जितेको छ ।
घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी हुनुभएको छ।
देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको छ। त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी हुनुभएको छ । शुक्लागण्डकीको नगर प्रमुखमा कृष्ण पण्डित विजयी हुनुभएको छ ।
आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ, शुक्लागण्डकीको उपप्रमुखमा खुमबहादुर विक विजयी हुनुभएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी हुनुभएको छ ।





प्रतिक्रिया