अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीको राजगढ गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपा

सप्तरीको राजगढ गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपा


सप्तरी – सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जसपा पार्टीका उम्मेदवार विजयी भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा एमालेका ओमप्रकाश मण्डलले चार हजार १४९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका सुरेन्द्रप्रसाद यादवले तीन हजार ८०७ मत प्राप्त गर्नुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्षमा जनता समाजवादीका रेणुदेवी मण्डल निर्वाचित हुनुभयो । उहाँले तीन हजार ८३० मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका रेखाकुमारी यादवले तीन हजार ७०७ मत प्राप्त गर्नुभयो ।