अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपमहासचिव पिएस गुरुङको पालिकामा अरु पार्टीले एउटा सदस्य पनि जितेनन्

एमाले उपमहासचिव पिएस गुरुङको पालिकामा अरु पार्टीले एउटा सदस्य पनि जितेनन्


लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गाउँपालिका क्व्होलासोंथरमा एमालेको प्यानलै विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ८५६ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ४८९ मत ल्याउनुभयो । १ हजार ३ सय ६७ मत अन्तरले सूर्यप्रसाद गुरुङले चुनाव जित्नुभएको छ ।
उपाध्यक्षमा न एमालेकै गमिमाया गुरुङ तीन हजार ९८९ मत ल्याउनुभएको छ । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना गुरुङले २ हजार ३४० मत ल्याउनुभएको हो ।
९ वटा वडा भएको यस पालिकामा कुनै सदस्य पनि अरु पार्टीले जित्न सकेनन् ।