भक्तपुर -भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुखमा र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा वासुदेव थापा विजयी हुनुभएको छ । उहाँले १४ हजार ७ सय ५८ मत ल्याउनुभएको छ ।
थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार निशान ढुंगेललाई १ हजार ५२६ मतान्तरले पराजित गर्नुभएको हो । पराजित ढुंगेलले १३ हजार २३२ मत ल्याउनुभएको छ ।
यस्तै उपप्रमुखमा एमालेकै सरिता भट्टराई तिमिल्सिना विजयी हुनुभयो । उहाँले १४ हजार ४ सय ९० मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याउनुभयो ।





प्रतिक्रिया