अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपमहानगरमा एमालेको पहिलो जित,घोराहीमा नरुलाल फराकिलो मतान्तरले विजयी

उपमहानगरमा एमालेको पहिलो जित,घोराहीमा नरुलाल फराकिलो मतान्तरले विजयी


काठमाडौं – गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा फराकिलो मतान्तरका साथ एमाले विजयी भएको छ ।
एमालेका नरुलालचौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी हुनुभएको छ । उहाँले ३१ हजार ७ सय २८ मत प्राप्त गर्नुभएको छ भने भने निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत ल्याउनुभएको छ ।
उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी हुनुभयो । उहाँले ३० हजार ४ सय ३ मत प्राप्त गर्नुभएको छ भने भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
एमालेले यहाँ बहुमत सदस्य सदस्य मुख्य दुई पदमा जितेको हो ।