अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यविन्दु नगरपालिकामा एमालेका प्रमुख भीमलाल अधिकारी र उपप्रमुख पूर्णकला चौधरी विजयी

मध्यविन्दु नगरपालिकामा एमालेका प्रमुख भीमलाल अधिकारी र उपप्रमुख पूर्णकला चौधरी विजयी


नवलपुर- मध्य नेपालमा रहेको नवलपुरको मध्यविन्दु नगरपालिकामा नेकपा एमालेका भीमलाल अधिकारी निर्वाचित हुनुभएको छ । उपप्रमुखमा पनि एमालेकै पूर्णकला चौधरी विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिए अनुसार अधिकारीले १६ हजार २ सय १२ मत पाउनुभएको छ भने चौधरीले १६ हजार १ सय ५ मत पाउनुभएको छ । अधिकारीले प्रतिवन्दी काँग्रेसका सूर्यबहादुर गुरुगंलाई १ हजार ५ सय ६७ मतले पराजित गर्नुभएको हो । २०७४ सालको निर्वाचनमा अधिकारी मेयरमा पराजित हुनुभएको थियो ।
उपमेयर चौधरीले प्रतिष्पर्धी काँग्रेसकी टिका कुमारी महतोलाई १ हजार ५ सय ४१ मतले पराजित गर्नुभएको हो ।
१५ वडा भएको यो नगरपालिकामा एमालेले १० र काँग्रेसले पाँचवटा वडा जितेको छ ।
यो नगरपालिकामा पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्दछ । यहाँबाट पूर्वी सिमाना काकरभिटा र पश्चिम सिमाना महेन्द्रनगर पुग्न उतिकै दुरी रहेको छ ।