अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरमा १० मध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक

मकवानपुरमा १० मध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक


मकवानपुर- मकवानपुरको १० स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ ।

नेकपा (एमाले)ले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ । नेकपा (माओवादी केन्द्र)ले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । काँग्रेसले राक्सिराङ, बकैया, कैलाश र मकवानपुरगढीमा जित हासिल गरेको छ । कैलाशमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । एमाले र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए ।

इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा एमाले विजयी भयो ।