ललितपुर- ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक भने पराजित हुनुभएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा उहाँ स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिनुभएको थियो ।
व्यञ्जनकार आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित हुनुभयो ।
८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उहाँका ४४ भतिज रविनमानले ८२५ मत ल्याउँदै वडा अध्यक्ष पद जित्नुभयो । रविनमान नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ ।
नरसिंह भने स्वतन्त्र रुपमा चुनाव लड्नुभएको थियो ।
नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष हुनुभएको थियो ।





प्रतिक्रिया