मोरङ- मोरङको उर्लाबारीमा नेकपा एमालेले सानदार विजय हासिल गरेको छ ।
एमालेले मेयरसहित ६ वडाध्यक्षमा विजय हासिल गर्ने भएको छ । उपमेयरमा भने तीब्र प्रतिस्पर्धा छ ।
वडा नम्बर ९ को करिव १५ मत गन्न बाँकी रहँदा एमालेका मेयर उम्मेदवार गंगा खरेल १७ सय मतले अगाडि हुनुहुन्छ । उपमेयरमा भने एमालेले करिव २ सय मतले मात्रै लिड गरेको छ ।
गएको चुनावमा उपमेयरसहित बहुमत नगर सभा सदस्य जिते पनि मेयर र बहुमत वडाध्यक्षमा एमाले पराजित भएको थियो ।





प्रतिक्रिया