काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जितेको निर्वाचन क्षेत्र काठमाडौं–४ मा नेकपा एमालेले जितेको छ । उहाँको निर्वाचन क्षेत्रमा बुढानिलकण्ठ नगरपालिकका ८ वडा र काठमाडौँ महानगरपालिकका ४ वटा वडा पर्दछन् ।
तीमध्ये बुढानिलकण्ठका ८ वटै वडामा एमालेले जितेको छ भने काठमाडौँ महानगरालिकाको परिणाम प्रकाशित भएको एउटा वडा पनि एमालेले जितेको छ । तीन वटा वडामा गणना जारी छ ।
एमालेले बुढानिलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र काठमाडौँकोद १ नम्बर वडा जितेको छ ।
नेकपा एमालेका स्थायी समिति सदस्य डा। राजन भट्टराईको निर्वाचन क्षेत्र पनि त्यही हो ।





प्रतिक्रिया