अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरानमा स्वतन्त्र उम्मेदवारलाई १४७ मतको अग्रता

धरानमा स्वतन्त्र उम्मेदवारलाई १४७ मतको अग्रता


सुनसरी- सुनसरीको धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाएका छन् ।

१० बजे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुर्याउँदा गठबन्धनका उम्मेदवार काँग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् ।

एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८ सय ५८ मत पाएकी छिन् । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत पाएका छन् । हालसम्म धरानमा २९,४६६ मतगणना भएको छ ।