अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यविनायकका नवनिर्वाचित मेयर उपमेयर अध्यक्ष ओली निवासमा

सूर्यविनायकका नवनिर्वाचित मेयर उपमेयर अध्यक्ष ओली निवासमा


काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर उपमेयर अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुग्नुभएको छ ।

प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता भट्टराई ओली निवास बालकोट पुग्नुभएको हो । अध्यक्ष ओलीले मेयर उपमेयरलाई बधाई दिनुभयो ।

मेयरमा थापा १४ हजार ७५८ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपप्रमुखमा भट्टराई १४ हजार ४९० मतसहित निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका श्याम बस्नेतले ६ हजार ६६१ मत प्राप्त गर्नुभयो ।

एमालेका उम्मेदवार वडा नं १, ५, ७, ८ र १० वडामा तथा बाँकी ५ वडामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।