अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बलान विहुलमा जनमत पार्टीका अध्यक्ष र उपाध्यक्षमा विजयी

बलान विहुलमा जनमत पार्टीका अध्यक्ष र उपाध्यक्षमा विजयी


सप्तरी – सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष पदमा खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्ष पदमा पनि जनमत पार्टीका रेणु यादव दुई हजार ६९० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै आशदेवी मण्डलले दुई हजार ३०४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।