अर्घाखाँची – शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का वसन्तकुमार श्रेष्ठले नौ हजार ८९२ मत ल्याएर पराजित हुनुभएको हो ।
यस्तै उपप्रमुखमा एमालेका गीता भाट १० हजार २८८ मत पाएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का टीकाबहादुर रेस्मी आठ हजार ५७ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।
प्रतिक्रिया