अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


काठमाडौं – काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा नेपाली कांग्रेसका दीपक कुमार रिसाल ९ हजार ६९२ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाउनु भएको छ । नेकपा माओवादी केन्द्रका गोपालप्रसाद बरालले १ हजार ८४१ मत पाउनु भएको छ ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सान्नानी लामा विजयी हुनु भएको छ ।  उहाँ ८ हजार ८०४ मतसहित निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसकी शान्ति नेपालले ८ हजार ६०९ र नेकपा माओवादी केन्द्रको उम्मेदवार पेमा छिरी शेर्पाको पक्षमा २ हजार ७०१ मत परेको छ ।