भोजपुर – भोजपुरको षडानन्द नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उमेदवार सुरेन्द्र उदास निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार तथा पूर्वमेयर वीरवललाई १ हजार १५ मतान्तरले हराउँदै उदास निर्वाचित हुनु भएको हो । उदासले ६ हजार ७७२ मत पाउनु भएको छ भने राईले ५ हजार ७५७ मत पाउनु भएको छ ।
उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रमिला राई विजयी हुनु भएको छ । उहाँ निवर्तमान उपमेयर हुन् । नेकपा माओवादीवाट उम्मेदवार रहेकी प्रमिला राईले ७ हजार २५७ मत ल्याउँदै प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार मेरिका राईलाई २ हजार ८९९ मतान्तरले पाराजित गर्नु भएको हो ।





प्रतिक्रिया