अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीको राजधानी वीरेन्द्रनगरमा एमालेको गुमेको बिरासत फर्काइन् मोहनमायाले

कर्णालीको राजधानी वीरेन्द्रनगरमा एमालेको गुमेको बिरासत फर्काइन् मोहनमायाले


सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

सत्ता गठबन्धनलाई पराजित गर्दै मोहनमाया ढकाल मेयर र नीलकण्ठ खनाल उपमेयरमा निर्वाचित हुनुभएको छ ।

एमालेको प्रभावक्षेत्र रहेको वीरेन्द्रनगरमा अघिल्लोपटक मेयरमा कांग्रेस जित्दा उपमेयर मोहनमाया हुनुहुन्थ्यो । यसपटक एमालेले उहाँलाई मेयरका लागि अघि बढाएको थियो ।

मतगणना सम्पन्न भएर औपचारिक रुपमा विजय घोषणा गर्न भने बाँकी रहेको छ । तर एमालेले विजय जुलुस निकालिसकेको छ ।