अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कावासोती नगरपालिकामा गठबन्धन हराउँदै एमाले विजयी

कावासोती नगरपालिकामा गठबन्धन हराउँदै एमाले विजयी


नवलपुर- कावासोती नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका विष्णु भुसाल नगर प्रमुखमा विजयी हुनुभएको छ ।

नेपाली कांगेसका महेन्द्र पोखरेललाई ३०४ मतान्तरले हराउँदै भुसाल विजयी हुनुभयो । भुसालले १८ हजार ६०८ मत र पोखरेलले १८ हजार ३०४ मत पाउनुभयो ।

२०७४ सालमा पनि एमालेबाट चन्द्रकुमारी पुनसँग पोखरेल पराजित हुनुभएको थियो । १७ वडा रहेको कावासोतीमा ८ वटा वडा जितेको थियो । यस पटक एमालेले १२ वटा वडासहित मेयर र उपमेयर जितेको छ । चन्द्रकुमारी पुनले थालेको विकास अभियानले एमालेलाई अहिले जित निकाल्न सहज भएको हो ।

उपमेयरमा एमालेकै फूलकुमारी थनेतले माओवादीका पतिराम थारुलाई ५ हजार ४६३ मतान्तरले पराजित गर्नुभएको छ । थनेतले १९ हजार २४ मत ल्याउनुभयो ।