वीरगञ्ज- पर्साको बहुदरमाई नगरपालिकाको मेयरमा जनता समाजवादी (जसपा) र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा जसपाका सिंगासन साह तेली र उपमेयरमा एमालेकी सुष्माकुमारी कुशवाहा निर्वाचित हुनु भएको छ ।
मेयरमा निर्वाचित तेलीले ६ हजार ४ मत ल्याउँदा एमालेका शिवप्रसाद पटेलले ५ हजार ६५८ मत पाउनु भएको छ । नेपाली कांग्रेसका नितेन्द्रप्रसाद साह तेलीले ५ हजार ५६१ मत ल्याउनु भएको छ ।
उपमेयरमा एमालेकी कुशवाहाले ६ हजार ४४० मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी सोनामती देवी यादवले ५५२५ मत पाउनु भएको छ ।





प्रतिक्रिया