अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीको रामधुनी नगरपालिकाका मेयरमा र उपमेयरमा एमाले विजयी

सुनसरीको रामधुनी नगरपालिकाका मेयरमा र उपमेयरमा एमाले विजयी


सुनसरी – सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ।

एमालेका उम्‍मेदवार शंकललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर मेयरमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्थी नेपाली कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत ल्याएर पराजित हुनु भयो ।

यस्तै नगरपालिकाको उपमेयरमा एमालेकी तारा थापाले १२ हजार २२० मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर पराजित हुनु भयो ।