दमक- झापाको दमक नगरपालिकामा महागठबन्धनका मेयरका उम्मेद्वार राम कुमार थापा मेयरमा विजयी हुनुभएको छ । थापा राप्रपाका हुनुहुन्छ । थापाले १७ हजार ५सय २५ र एमालेकी गीता अधिकारीले पौडेलले १६ हजार ९सय ६६ मत पाउनुभएको छ । अधिकारीले थापा भन्दा ५ सय ९९ मत कम ल्याउनुभएको छ ।
उपमेयरतर्फ भने महागठबन्धनकी कांग्रेसकी रेगीना प्रसाईंले १७ हजार ७२ मत मत प्राप्त गर्नु भएको छ भने एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५सय ७४ मत प्राप्त गर्नुभएको छ ।
एमालेका विरुद्ध राप्रपा,काँग्रेस र माओवादीको महागठबन्धन भएकोमा माओवादीका एउटा उम्मेद्वारले पनि चुनाव जितेनन् ।





प्रतिक्रिया