अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्साको सखुवाप्रसौनीका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

पर्साको सखुवाप्रसौनीका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी


वीरगञ्ज – पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जसवन्त यादव निर्वाचित भएका छन् ।

यादवले १ हजार ८३१ मतको फराकिलो अन्तरले जनता समाजवादी पार्टीका प्रदीप जयसवाललाई पराजित गर्नु भएको हो । यादवले ६ हजार ६४१ मत पाउँदा जयसवालले ४ हजार ८१० मत ल्याउनु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जयसवाल अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित हुनु भएको छ । नेकपा एमालेकी फुलमति कुमारी थरुनीलाई २१२ मतान्तरले पछि पार्दै बिष्ट बिजयी हुनु भएको हो । बिष्टले ४ हजार ४६८ मत ल्याउनु भएको छ भने थरुनीले ४ हजार २५६ मत पाएउनु भएको छ ।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट चुनाव लडेकी थरुनी उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।