काठमाडौँ – काठमाडौँ महानगरपालिकामा जारी मतगणनाका क्रममा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह दुईवटा वडामा नेकपा एमालेका केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका छन् ।
आज दिउँसो सार्वजनिक गरिएको मत परिणामअनुसार उहाँ वडा २५ र २७ मा स्थापितभन्दा झण्डै दोब्बर मतले पछि पर्नु भएको छ ।
वडा-२५ मा शाहले ३२ मत ल्याउँदा स्थापितले ५६ मत पाएका छन्। यस्तै उहाँले २७ नम्बर वडामा २२८ मत प्राप्त गर्दा स्थापितले ४३८ मत ल्याउनु भएको छ ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ३१ र २७ नम्बर वडामा ३१८ मत प्राप्त गर्नु भएको छ । २७ मा उहाँले स्वतन्त्र उम्मेदवारलाई पछाडि पार्नु भएको छ ।
काठमाडौँमा ७५ हजार ४२१ मत गणना भएको छ। अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको छ।





प्रतिक्रिया