अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको कटारी-१० मा क्षेत्र खड्कासहित एमालेको प्यानलै विजयी

उदयपुरको कटारी-१० मा क्षेत्र खड्कासहित एमालेको प्यानलै विजयी


उदयपुर – कटारी नगरपालिकाको वडा-१० मा नेकपा एमालेका वडाध्यक्ष उमेद्वार क्षेत्रबहादुर खड्काको प्यानल नै विजयी भएको छ ।

खड्काले ५२१ मतका साथ एकिकृत समाजवादीका लेटनारायण श्रेष्ठलाई पराजित गर्नुभएको हो । श्रेष्ठले ३८४ मत पाउनुभएको थियो भने गठबन्न्धनका काँग्रेसका उमेद्वार बलबहादुर खत्रीले ३०२ मत पाउँदा स्वतन्त्र गौरबहादुर कटुवालले १७३ मत पाउनुभएको थियो ।

यस्तै वडा सदस्यमा पनि एमालेका अमृतबहादुर सुनुवार, गणेशबहादुर श्रेष्ठ, गिता गिरी र चेतकुमारी विश्वकर्मा विजयी भएका छन् ।