नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुखमा एमालेका भीमलाल अधिकारी र उपप्रमुखमा एमालेकै पूर्णकला चौधरी निर्वाचित हुनु भएको हो ।
भीमलाल अधिकारी अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै उपप्रमुखमा एमालेका चौधरीले १६ हजार १२२ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी टीककुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गर्नु भएको थियो ।
१५ वडा रहेको मध्यविन्दुमा १० वडामा एमाले तथा पाँचमा कांग्रेस निर्वाचित भएको छ।
मध्यविन्दु नगरपालिकाका नवनिर्वाचित मेयर भीमलाल अधिकारीले शपत लिदै गर्दा कैद गरिएका तस्वीरहरु:
प्रतिक्रिया