अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सैनामैनाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले वियजी

सैनामैनाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले वियजी


बुटवल – रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा र उपमेयरमा नेकपा एमालेका विना राना मगर निर्वाचित हुनु भएको छ ।

शर्माले नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर कार्कीलाई ५८२ मतान्तरले हराउँदै गर्दै निर्वाचित हुनु भएको हो ।

शर्माले १५ हजार ६८६ मत ल्याएर निर्वाचित हुँदा कार्कीले १५ हजार १०४ मत मात्र पाउनु भएको छ । शर्माले २०७४ मा कार्कीसँग पराजित भएका थिए ।

यस्तै उपमेयरमा नेकपा एमालेका बिना राना मगर निर्वाचित हुनु भएको छ । रानाले माओवादी केन्द्रका मानबहादुर महतलाई २०४२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको हो ।

रानाले १५ हजार ७६२ मत पाएर निर्वाचित हुँदा महतले १३ हजार ७२० मत मात्र पाए ।