अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरानमा पनि लौरो अघि अघि कांग्रेस-एमाले पछि पछि

धरानमा पनि लौरो अघि अघि कांग्रेस-एमाले पछि पछि


धरान -गठबन्धन र एमालेलाई पछि पार्दै धरान उपमहानगरपालिकाको मेयर पदमा लौरो चिन्हका स्वतन्त्र उम्मेद्वार हर्क साङपाङले अग्रता बढाउँदै हुनुहुन्छ ।

आज विहानसम्मको परिणाम अनुसार साङपाङले १३ हजार ६३१ मत ल्याएर प्रतिवन्दी काँग्रेसका किशोर राईलाई २ हजार ६४ मतले पछि पार्नुभएको छ । साङपाङले एमालेकी मञ्जु भण्डारीलाई ४ हजार १सय ८८ मतले पछाडि छोड्नु भएको छ ।
त्यस्तै उपमेयरमा गठबन्धनतर्फका माओवादी उम्मेद्वार अइन्द्रविक्रम बेघाको अग्रता छ । बेघाको १३ हजार ६सय ६७ मत छ भने एमालेको १२ हजार ७सय ५४ मत छ ।