काठमाडौं- बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना अब अन्तिमतिर पुगेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८२ स्थानीय तहको नतिजा आइसकेको छ ।
नतजिा अनससार नेपाली कांग्रेसलेले सबभन्दा स्थनमा विजयी हासिल गरेको छ । जसमा ११९ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष गरी कुल ३०३ स्थानीय तहको नेतृत्व काँग्रेसले पाएको छ । नेकपा एमालेले ६५ नगर र १२० गाउँपालिका गरी १८५ स्थानीय तहमा विजय हासिल गरेको छ ।
कांग्रेस एमाले भन्दा ११८ बढी पालिकामा विजयी भएको छ । माओवादी केन्द्रले २१ नगर र ९६ गाउँपालिका गरी कुल ११७ वटा पालिका जितेको छ ।
त्यसैगरी एकीकृत समाजवादी पार्टीले ९ पालिका जितेको छ भने जनता समाजवादी पार्टीले १८ पालिकाको नेतृत्व पाएको छ ।
स्वतन्त्र तथा अन्य दलले ५० वटा पालिका जितेका छन् ।
मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले २३ पालिकामा अग्रता बनाएको छ । एमाले १९ पालिकामा अघि छ । माओवादी ४, एकीकृत समाजवादी २, जसपा ४ पालिकामा अगाडि छन् । स्वतन्त्र र अन्य दलको १५ पालिकामा अग्रता रहेको आयोगले जनाएको छ ।





प्रतिक्रिया