काठमाडौं -महानगरपालिका–३१ मा नेकपा एमालेका उमेदवार सरोज ढकालले प्रतिस्पर्धी रवीन्द्र विक्रम राणालाई एक हजार ७ सय ७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेदवार राणाले २ हजार ९९१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित हुनुभएको छ । महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पार्नुभयो । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजयी हुनुभयो ।
हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७ को मतगणना जारी छ ।





प्रतिक्रिया