अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरीमा चारवटा वडा सहित गठबन्धनका मेयर,१५ वटा वडा सहित एमालेकी उपमेयर विजयी

इटहरीमा चारवटा वडा सहित गठबन्धनका मेयर,१५ वटा वडा सहित एमालेकी उपमेयर विजयी


इटहरी -इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धनका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी विजयी हुनुभएको छ ।
पौडेलले निकटम प्रतिस्पर्धी एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरमा विजयी हासिल गर्नुभएको हो । पौडेलको ३३ हजार ४९ मत आयो भने सुब्बाको २८ हजार ३१ मत पाउनुभएको छ ।
उपमेयरमा एमालेकी चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर गठबन्धनका केशव विष्टलाई पराजित गर्नुभयो । चौधरीले विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो ।

मेयर पद गुमाए पनि एमालेले २० वडा मध्ये १५ वटामा जित हासिल गरेको छ । काँग्रेस १२ वडाबाट खुम्चिएर चारवटा वडामा सिमित भएको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।