अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकका जनप्रतिनिधिले लिएर ओहदाको प्रमाणपत्र

दमकका जनप्रतिनिधिले लिएर ओहदाको प्रमाणपत्र


दमक- निर्वाचन अधिकृतको कार्यालय दमकले आज दमक नगर पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई ओहदाको प्रमाण पत्र प्रदान गरेको छ ।

गत व्रशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालय दमकले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई ओहदाको प्रमाण पत्र प्रदान गरेको हो ।

गठबन्धन दलहरुको तर्फबाट नगर प्रमुख पदमा नवनिर्वाचित राम थापालाई निर्वाचन अधिकृत केशव पन्तले प्रमाण पत्र प्रदान गर्नु भयो । निर्वाचन अधिकृत पन्तले दमक १ देखि १० नम्वर वार्ड सम्म निर्वाचित वडाअध्यक्ष ,महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नु भयो । निर्वतमान नगर प्रमुख रोमनाथ ओलीले नगरमा विधि र प्रणाली लागू गरिसकेको हुँदा अबको गन्तब्य सहज रहेको बताउनु भयो ।

निर्वतमान नगर प्रमुखसँग आएर सल्लाह सुझाव लिएमा आफनो ठाउँबाट उपलब्ध गराउने ओलीले बताउनुभयो। नव निर्वाचित नगर प्रमुख राम थापाले चुनावमा हार जीत स्वाभिक प्रक्रिया भएको हुदा दमक बनाउने काम हार्ने र जित्ने मात्र नभएर सबैको साझा सहयोग चाहिने बताउनुभयो । नगर विकासको काममा सबैसँग हातेमालो गर्ने थापाले प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रमका अध्यक्ष निर्वाचन अधिकृत पन्तले नव निर्वाचित जनप्रतिनिधिले दमकलाई सुशासन सहितको समृद्ध सहर बनाउन सफलता मिलोस भन्दै शुभकामना ब्यक्त गर्नु भयो । भोलि दिउँसो नगर पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालय दमकले जनाएको छ ।