सप्तरी -सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उहाँले दुई हजार ८९५ मत ल्याउनुभयो भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी जसपाका सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याउनुभएको छ । सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याएका छन् । ।





प्रतिक्रिया