अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव नेपालको पार्टी उपेन्द्रको भन्दा ‘हाफ’

माधव नेपालको पार्टी उपेन्द्रको भन्दा ‘हाफ’


काठमाडौं– एमालेमा अपमान भयो भन्दै पार्टी टुक्र्याउनुभएका माधवकुमार नेपाललाई स्थानीय चुनावमा जनताले साथ दिएनन् ।

पाँच दलसित गठबन्धन गरेर चुनाव लडे पनि नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उल्लेख्य मत पाउन सकेन ।

एकीकृत समाजवादीले हेटौंडा र पोखरामा भने एमाले अन्तरविरोधको फाइदा लिँदै प्रमुख पदमा सुखद नतिजा हात पारेको छ ।

निर्वाचनअघि एकीकृत समाजवादी पहिलो, माओवादी केन्द्र दोस्रो, नेपाली कांग्रेस तेस्रो र नेकपा एमाले ‘बेहाल’ भन्दै भाषणा गर्नुभएका माधव नेपालको दल भने पाँचौ नम्बरमा झरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भन्दा एकीकृत समाजवादी आधा सानो भएको छ ।

विजयी भएका र जीत करिव करिव सुनिश्चित भएको संख्या हेर्दा यादवको दल जसपाले देशभर ३१ सिट र माधव नेपालको दल एकीकृत समाजवादीले १९ सिट जित्ने भएको छ ।