अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शुक्लाफाँटाको मेयरमा एमालेका महरा निर्वाचित

शुक्लाफाँटाको मेयरमा एमालेका महरा निर्वाचित


महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित हुनु भएको छ ।

नेपाली कांग्रेसका चिन्तामणि भट्ट र नेकपा माओवादीका नवराज ऐरलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित हुनु भएको हो । महराले ६ हजार ७७३ मत पाउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका भट्टले ६ हजार २६४ र माओवादीका ऐरले ५ हजार २२५ प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी कल्पना पन्त निर्वाचित हुनु भएको छ । उहाँले ६ हजार ५१९ मत प्राप्त गर्नु भयो । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० र एमालेकी मोनिका भट्टले ५ हजार २३६ मत प्राप्त गर्नुभयो ।