अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण

बिर्तामोडका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण


बिर्तामोड – निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडले निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी आज प्रमाणपत्र वितरण गरिएको हो । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारी दिएका उहाँहरु बिर्तामोडबासीबाट अनुमोदित भएपछि निर्वाचन अधिकृतको कार्यलयले प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

बिर्तामोडका निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्ले, बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत बिनोद न्यौपानेले प्रमुख पबित्रा महतरा, उपप्रमुख नगेन्द्र सङ्रौलासहित वडाध्यक्ष र सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा प्रमुख महतराले निर्वाचन कार्यक्रम सम्पन्न गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिनु भयो। उहाँले सबै जनप्रतिनिधिलाई जनताको सेवक भएर काम गर्न आग्रह गर्नुभयो ।