अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका जनप्रतिनिधिहरुद्वारा शपथग्रहण बहिष्कार

एमालेका जनप्रतिनिधिहरुद्वारा शपथग्रहण बहिष्कार


काभ्रे – नेकपा एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण बहिस्कार गरेका छन् ।

बनेपा नगरपालिकामा निर्वाचित भएको नेकपा एमालेसँग कुनै सल्लाह नै नगरी शपथ ग्रहण कार्यक्रम राखिएको भन्दै उनीहरुले सपथग्रहण कार्यक्रम नै बहिष्कार गरेका हुन् ।

बनेपामा एमालेले उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, उपप्रमुख एमालेकी विमला सापकोटा दाहाल निर्वाचित हुनुभएको थियो । नगरप्रमुखमा निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिनुभएको छ।