अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरानमा ३२ सय मत गन्न बाँकी हुँदा ४२ सय भोटले हर्क साम्पाङ अगाडि

धरानमा ३२ सय मत गन्न बाँकी हुँदा ४२ सय भोटले हर्क साम्पाङ अगाडि


धरान – सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना जारी छ । मतगणना जारी सँगै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित पक्का भएको छ । अझै ३२८५ मत गन्न बाँकी छ ।

लौरो चिन्ह लिएर चुनाव लडेका साम्पाङ मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईभन्दा ४२८१ मतले अगाडि हुनुहुन्छ । अब बाँकी सबै मत कांग्रेसले पाए पनि साङपाङले जित निश्चित गरिसकेका हुन् ।

धरानमा ६२८९८ मत खसेकोमध्ये हालसम्म ५९६१३ मतगणना भइसकेको छ । अहिलेसम्मको परिणाम अनुसार साम्पाङले १९५९७ मत प्राप्त गरेका छन् भने राईले १५३१६ मत ल्याएका छन् ।

नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२३४८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।