अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका १४ वडाको मतपरिणाम सार्वजनिक, एमाले र कांग्रेस ७-७ वडामा विजयी

काठमाडौंका १४ वडाको मतपरिणाम सार्वजनिक, एमाले र कांग्रेस ७-७ वडामा विजयी


काठमाडौं – काठमाडौं महानगरपालिकाको १४ वटा वडाको मतगणना सकिँदा वडाध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका ७-७ जना उम्मेदवार निर्वाचित भएका छन् ।

हालसम्म काठमाडौं महानगरपालिकाको वडा-१, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये वडा-१, २, ३, ४, ५, ३१ र ३२ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट वडाध्यक्ष जित्नेहरुमा वडा-१ मा भरतलाल श्रेष्ठ, वडा-२ मा राजेन्द्रकुमार श्रेष्ठ, वडा-३ मा प्रेम थापा, वडा-४ मा दिनेश महर्जन, वडा-५ मा वीरेन्द्र प्रजापति, वडा-३१ का सरोज ढकाल र ३२ का नवराज पराजुली रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसले वडा-६, ७, ८, २७, २८, २९ र ३० को वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर ६ का भुवन लामा, ७ मा विमलकुमार होडा, ८ का आशामान संगत, २७ मा योगेशकुमार खड्गी, २८ मा भाइराम खड्गी, २९ मा कुश ढकाल, ३० मा दलबहादुर कार्की रहेका छन् ।

त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना जारी छ । कामपाको कूल एक लाख ९१ हजार १८६ मतमध्ये एक लाख छ हजार ५१६ मत गनेर सकिएको छ ।