अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस

सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस


सिरहा – सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजबादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार तीन हजार ८४४ मत प्राप्त गरी जसपाका सन्तोषकुमार महतो विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादवले तीन हजार ५३४ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेसका ममताकुमारी यादव तीन हजार ९९७ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी सियाकुमारी यादवले तीन हजार ४८५ मत प्राप्त गर्नुभयो ।