सप्तरी – सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जितेको छ । अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित हुनु भएको हो ।
यादवले ४ हजार २६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८३५ मत प्राप्त गर्नुभयो । हरेराम निवर्तमान अध्यक्ष समेत हुन् ।
उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७१० मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६५४ मत प्राप्त गर्नुभयो ।





प्रतिक्रिया