काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुने बताउनु भएको छ।
कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै अध्यक्ष ओलीले नेपालीहरू जातैले कवि रहेको बताउनु हुँदै हरेक नेपाली नामको पछाडि कवि लेखिदिए हुने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि हुन् । हरेक नेपालीको अन्त्यमा कवि लेखिदिए हुन्छ । उहिल्यै लिपी पैदा हुनुभन्दा अघि पनि गाउँथेस काव्य रचना गर्थे । काव्यको रचना‚ छन्दको रचना यस भूमिमा थियो भन्ने कुरा गर्न खुसी लाग्छ ।’
अध्यक्ष ओलीले दोहोरी खेल्न पनि नेपालीहरू अब्बल रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा जस्तो दोहोरी खेल्न कसैले सक्छ ? भन्ने मात्रै होइन नि‚ खुत्रुक्कै गरी भन्छ ? कसरी भन्छ त्यो काव्यता, लय कसरी आउँछ । कहिलेकाहीँ नबुझेर एकछिन हाँस उठ्छ । मर्मको गहिराइमा पुगेपछि बल्ल थाहा हुन्छ । कति महान् कवित्व त्यहाँ प्रकट भएको हुन्छ ।’





प्रतिक्रिया