कास्की – सत्ता गठबन्धनको नेतृत्व दल नेपाली काँग्रेस र नेकपा एमालेले गण्डकी प्रदेशमा ३५ स्थानीय तहमा निर्वाचन जितेका छन् ।
प्रदेश १, मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो बन्दा गण्डकीमा भने पहिलो हुनबाट काँग्रेसलाई एमालेले रोकेको हो । गण्डकी देशमा ११ जिल्ला रहेको छ ।
निर्वाचन आयोगले जनाएअनुसार काँग्रेसले गोरखामा २, मनाङमा २, लम्जुङमा ४, कास्कीमा २, तनहुँमा ४, स्याङ्जामा ५, नवलपरासी बर्दघाट पूर्वमा २, मुस्ताङमा १, म्याग्दीमा २, बाग्लुङमा ६ र पर्वतमा ५ स्थानीय तहमा कांग्रेस उम्मेदवारहरू निर्वाचित भएका हुन् ।
एमालेले मनाङमा २, लम्जुङमा ४, कास्कीमा २, तनहुँमा ४, स्याङ्जामा ६, नवलपरासी बर्दघाटमा ६, मुस्ताङमा ४, म्याग्दीमा ४, बाग्लुङमा १ र पर्वतमा २ स्थानीय तह एमालेले जितेको हो ।
माओवादीले भने गोरखामा ९, तनहुँमा १ र बाग्लुङमा १ गरी स्थानीय तह जितेको आयोगले जनाएको छ । नेकपा एकीकृत समाजवादीले अहिलेसम्म जितेको छैन । कास्कीको पोखरा महानगरपालिकामा मतगनणा जारी छ । जनता समाजवादी पार्टी (जसपा)को यो प्रदेशमा शून्य भएको छ ।





प्रतिक्रिया