नवलपरासी – मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले शुक्रबार साँझ आएको हावाहुरीले पुर्याएको क्षतिको निरिक्षण गर्नु भएको छ ।
मध्यविन्दु नगरपालिका–८ मा हावाहुरीले स्थानीयको घरमा क्षति पुर्याएको छ ।
नगर प्रमुख अधिकारीले हावाहुरीले क्षति पुर्याएका घरको अवलोकन गर्दै नगर विपद् व्यवस्थापन कोषबाट हावाहुरी प्रभावित स्थानीयलाई राहत उपलब्ध गराउनने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार आएको हावाहुरीले मध्यविन्दु–८ फुलबारी टोलका भुनाकला न्यौपाने, देबकोटा टोलका राम बहादुर थारु र झ्यांकटाका राजेस आलेको घरमा क्षति पुर्याएको छ ।
मध्यविन्दु नगरपालिकामा हुन सक्ने सम्भाव्य विपद् व्यवस्थापनको लागि आफु सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । यसअघि मध्यविन्दु नगरपालिकाका विभिन्न खोलाहरुमा सम्भाव्य जोखिम र तटबन्ध निर्माणको काम अवलोकन समेत मध्यविन्दु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले गर्नु भएको छ ।
प्रतिक्रिया