अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको सिमावर्ती गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष नै महिला हुने निश्चित

झापाको सिमावर्ती गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष नै महिला हुने निश्चित


गौरादह- झापाको सिमावर्ती गाउँपालिका गौरीगञ्जका मुख्य दुवै पदमा महिलाको नेतृत्व हुने निश्चित भएको छ ।
अध्यक्ष नेपाली काँग्रेसकी फूलवती राजवंसी र नेकपा एमालेकी उपाध्यक्षमा पुजन नेउपाने जित नजिक रहेका छन् । प्रतिवन्दीसँग फराकिलो मतान्तरमा रहेका उनीहरुको विजयी सुनिश्चित भएको भन्दै शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत बधाइ दिइरहेका छन् ।
फूलवती काँग्रेसको राजनीतिमा लामो समय देखि संलग्न हुनुुहुन्छ भने नेउपाने एमालेको राजनीतिसँगै समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । अहिलेसम्म राजवंसी करिब २ हजार मतले अघि हुनुहुन्छ भने नेउपाने १ हजार १ सय मतले अघि हुनुह्न्छ । गणना गर्न अब करिब २ सय मत मात्र बाँकी रहेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।