अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटको गुजरा नगरपालिका प्रमुखमा जसपा र उपप्रमुखमा कांग्रेस विजयी

रौतहटको गुजरा नगरपालिका प्रमुखमा जसपा र उपप्रमुखमा कांग्रेस विजयी


रौतहट – रौतहटको गुजरा नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका सन्तलाल चौधरी ५ हजार १४३ मतका साथ विजयी हुनु भएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

चौधरीले निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशव रायलाई ३४४ मत अन्तरले पराजित गर्नु भएको हो । रायले ४ हजार ७९९ मत पाउनु भयो ।

नगर उपप्रमुख पदमा नेपाली कांग्रेसकी रत्न लामा १ हजार ८२१ मतान्तरले हुनु भएको छ । लामाले ६ हजार १० मत पाउनु भयो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रिनाकुमारी चौधरीले ४ हजार १८१ मत पाउनु भयो ।

नौ वडा रहेको नगरपालिकामा एमालेले १, ३ र ४ वडाहरु जितेको छ । त्यस्तै माओवादी केन्द्रले २, कांग्रेसले ६ र ७, स्वतन्त्रले ५, समाजवादीले ८ र जसपाले ९ नम्बर वडामा जितेका छन् ।

रौतहटको १८ वटा पालिकामध्ये अहिलेसम्म ११ वटाको मत परिणाम सार्वजनिक भइसकेको छ । ७ वटा पालिकाको मतगणना जारी छ ।