अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिवसताक्षीमा एमालेका मेघहाङ्ग र नरमाया विजयी

शिवसताक्षीमा एमालेका मेघहाङ्ग र नरमाया विजयी


दमक- झापाको शिवसताक्षी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका मेघहाङ्ग थोप्रा र उपमेयरमा नरमाया कार्की विजयी हुनुभएको हो ।

गठबन्धन तर्फका नेपाली कांग्रेसका पर्शुराम ढुंगानालाई भारी मतअन्तरले हराउँदै थोप्रा विजयी हुनुभएको हो । त्यस्तै उपमेयरमा नेकपा एमालेकी नरमाया कार्की विजयी भएको छ । गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका महेन्द्र भट्टराईलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो ।
थोप्राले १६ हजार ४९८ मत आएको छ भने ढुंगानाले १३ हजार ५० मत प्राप्त गर्नुभयो । त्यसैगरी उपमेयरमा विजयी कार्कीले १४ हजार १ सय ५५ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्दी भट्टराईले ९ हजार ५२५ मत प्राप्त गर्नुभएको थियो ।

शिवसताक्षी नगरपालिकाको वडा नं १, ४, ५, १० र ११ नेकपा एमालेको प्यानलै विजयी भएको छ । त्यस्तै वडा नं। ३ मा वडाध्यक्षमा नेपाली कांग्रेसका भाष्कर न्यौपाने र दुई वडा सदस्य र नेकपा एमाले बाट दुई सदस्य निर्वाचित भएका छन् । त्यस्तै वडा नं। ६ मा नेपाली कांग्रेसका वडाध्यक्ष मनोज खुलाल कार्की र एक सदस्य र नेकपा एमालेबाट तीन सदस्य विजयी भएका छन् ।

वडा नं। ७ नेपाली कांग्रेसका वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग लिम्बु सहित २ सदस्य र नेकपा एमालेका दुई सदस्य विजयी भएका हुन् । वडा नं। ८ नेपाली कांग्रेसको वडाध्यक्ष सन्त फेउदिन सहित प्यानलै विजयी भएको हो । त्यस्तै वडा नं। ९ नेपाली कांग्रसका वडाध्यक्ष डिल्लीलाल फेम्बू र नेकपा एमालेका ४ सदस्यहरु विजयी भएका छन् । वडा नं. १० मा नेकपा एमाले वडाध्यक्ष हर्कबहादुर सिगु सहित प्यानलै विजयी भएको छ । वडा नं। ११ मा नेकपा एमाले वडाध्यक्ष बहादुर आङ्गबो सहित प्यानलै विजयी भएको छ ।