अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले फिर्ता ल्यायो गौरादह,मेयरमा छत्रपति उपमेयरमा जलवर्षा

एमालेले फिर्ता ल्यायो गौरादह,मेयरमा छत्रपति उपमेयरमा जलवर्षा


गौरादह- अघिल्लो पटक एमालेले गुमाएको गौरादह नगरपालिका यसवर्ष फिर्ता ल्याएको छ ।
गएराती सकिएको मतगणना अनुसार मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंसी विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यलयले जनाए अनुसार एमालेका सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याँउदा गठबन्धनका रोहित कुमार साहले ११ हजार ४ सय ८४ मत ल्याउनुभएको छ ।
यसैगरी उपमेयरमा एमालेकी राजवंसीले ११ हजार ९ सय १४ मत ल्याँउदा गठबन्धनका पुष्प ढकालले १० हजार ४ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

एमालेको गढ मानिने गौरादहमा २०७४ को स्थानीय चुनावमा मेयर काँग्रेसले जितेको थियो भने उपमेयर सहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो ।